काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। उनलाई आइतबार दिउँसो साढे ४ पक्राउ गरेको हो।
कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।