शुक्रबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ।
शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो।
आज दिनभरि काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाका पूर्वानुमान छ।
अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ।
एक सातामा कति घटबढ भयो?
एक साताअघि गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसपछि आइतबार ५.४, सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६, बिहीबार ६.२ र शुक्रबार ६.१ डिग्री सेल्सियस मापन भएको थियो।