हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेश को तराई भू-भागमा मन्द शीतलहरको अवस्था छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ।
पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
शनिबार दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकक बदली रही बाँकी भूभागका म मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।
आगामी चौबीस घन्टामा मधेश प्रदेशको पूर्वी भू-भाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।