ललितपुरको गोदावरीस्थित जंगलको आगलागी नियन्त्रणमा आएको छ।
शुक्रबार बिहान साढे ५ बजेदेखि गोदावरी नगरपालिका-२ गोदामचौरस्थित विशंखुनारायण मन्दिर नजिकको जंगलमा आगो लागेको हो।
डढेलो लागेपछि बिहानैदेखि प्रहरी र स्थानीयहरूले निभाउने प्रयास गरेका थिए।
प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।
९ बजेतिर उक्त आगलागी नियन्त्रणमा आएको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ। आगलागीबाट मानवीय क्षति नभएको डिएसपी चित्रबहादुर भट्टराईले बताए।
‘बस्ती नजिकै भएकाले त्यतातिर नजाओस् भनेर बिहानैदेखि टोली खटिएको थियो। डेढ घण्टा जतिमा स्थानीयसँग मिलेर नियन्त्रणमा लिइएको थियो,’ उनले भने।