चुनावमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै दलित युवाहरूले निर्वाचन आयोगको कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
निवार्चन प्रणालीमा दलितको समानुपातिक समावेशीता कार्यान्वयन नभएको बुधबार दिउँसो दलित युवाको समूहले आयोगको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।
निवार्चन आयोगले तयार पारेको एकीकृत निवार्चन सम्बन्धी विधेयकमा पनि दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएकाले आन्दोलन गर्नुपरेको दलित अभियान्ता रेम रसाइलीले जानकारी दिए।
भृकुटीमण्डमा जम्मा भएर युवाहरूको समूह हिँड्दै आयोगको कार्यालयसम्म पुगेर प्रदर्शन गरेका थिए।
उनीहरूले दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निवार्चन ऐन जारी गर्नुपर्ने, समानुपातिक निवार्चन प्रणाली लागु गर्नुपर्ने र स्थानी यतहमा पनि दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरिनुपर्ने माग राखेका छन्।
तस्बिरहरूः