हिउँदमा इँटा उद्योगहरूमा इँटा बनाउन भ्याइनभ्याइ छ।
यस्ता इँटा उद्योग वातावरणमैत्री भने छैनन्। जसले गर्दा उद्योग क्षेत्रमा धुवाँले प्रदूषणसमेत निम्त्याउँछ।
भक्तपुरको जगाती क्षेत्रमा रहेका इँटा उद्योगमा पनि हिजोआज इँटा बनाउने चटारो छ। इँटा उद्योगले प्रदूषण निम्त्याएको गुनासो उद्योग नजिकका बस्तीका मानिसहरूको गुनासो छ।
इँटा उद्योगलाई स्थानीय सरकारले पनि वातावरणमैत्री बनाउन आग्रह गरिरहेका छन्।
इँटा उद्योगहरूले भने प्राय हिउँदमा इँटा बनाएर भण्डारण गर्ने गर्छन्।
तस्बिरहरू: