आइतबारको तुलनामा सोमबार काठमाडौंको न्यूनतम तापक्रम केही बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ।
आइतबार ४.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो।
आज काठमाडौंमा दिउँसो मौसम सफा रहने पूर्वानुमान छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहनेछ।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम?
गत सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। त्यसपछि मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६, शुक्रबार ४.६ र शनिबार ४.३ र सोमबार ४.४ डिग्री सेल्सियस मापन भएको थियो।