काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार खासै घटबढ भएको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको छ।
शनिबार न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको थियो।
आइतबार काठमाडौंको मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। आज काठमाडौंको अधिकतम तापक्रमम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने उनले बताए।
एक सातामा कति घटबढ भयो?
गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो।
त्यसपछि सोमबार पनि ५ डिग्री सेल्सियस, मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६, शुक्रबार ४.६ र शनिबार ४.३ डिग्री सेल्सियस मापन भएको थियो।