कपिलवस्तुमा १५ लाख ७० हजार स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।
मायादेवी गाउँपालिका-७ बसन्तपुर बस्ने ३० वर्षीय निरजकुमार मिश्रलाई उक्त नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए।
बिहीबार इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनीमाथि जाँच गरेको थियो। उनले बोकेको झोला भित्र उक्त रकम फेला परेको हो।
एक हजार दरका आठ लाख ९० हजार र पाँच सय दरका ६ लाख ६० हजार, एक सय दरका १८ हजार, ५० दरका दुई हजार गरी १५ लाख ७० हजार रुपैयाँ बरामद भएको हो।
प्रहरीले उनीमाथि हुण्डी कारोबार गर्न नहुने कसुर अन्तर्गत म्याद थप ग अनुसन्धान अघि बढाएको छ।