नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्य भएका छन्।
यसअघि लागु औषध नियन्त्रण ब्युरोको प्रमुख रहेका आचार्यको एसएसपीबाट डिआइजीमा बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा आएका हुन्।
सचिवालयमा आएसँगै उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। उनी पुस १८ गते डिआइजीमा बढुवा भएका हुन्।
यसअघि एसएसपी विश्व अधिकारी केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा थिए। उनी पनि हाल सचिवालयमै कार्यरत छन्।