चेक अनादर कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल छुटेका छन्।
पीडित पक्षसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मिलापत्र गरेर छुटेको प्रहरीले जनाएको छ।
उनीविरूद्ध २० लाख ५० हजार रुपैयाँको चेक अनादर गरेको आरोप लागेको थियो। प्रहरी वृत्त महाराजगन्जमा उनलाई राखिएको थियो।
उनीविरूद्ध एमालेका पुष्पराज पहराईले जाहेरी दिएका थिए।