काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने २७ वर्षीय रोसन माझीको मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।