सोमबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।
सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस भएको थियो।
आज दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए। दिउँसो घाम लाग्ने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
एक सातमा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रम?
गत मंगलबार काठमाडौंको न्यूनतम तापक्रम मंगलबार ७ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि बुधबार ६.३, बिहीबार ४.५, शुक्रबार ४.६ र शनिबार ५.७ र आइतबार र सोमबार ५ डिग्री सेल्सियस मापन भएको थियो।