ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-३ का अन्दाजी ४८ वर्षीय घमणबहादुर शाही र धनगढी- १४ का अन्दाजी ३६ वर्षीय रूपेश बस्नेतको मृत्यु भएको हो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम नजिक ना ८ ख ३३३ नम्बरको तेल बोकेर दाङतर्फ आउँदै गरेको ट्याङ्करले दाङबाट पश्चिम कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
सोमबार मध्याह्न १२ बजेर ६ मिनेटमा घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले सेतोपाटीलाई बताए। अस्पताल पुर्याउना साथ सुरूमा शाहीलाई कोहलपुर मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेको इप्रका कोहलपुरको सञ्चार शाखामा कार्यरत प्रहरी असई पदम खड्काले बताए।
ट्याङ्कर चालक दाङको दंगीशरण गाउँपालिका–२ का ५१ वर्षीय मानबहादुर वलीलाई कुसुम प्रहरीले नियन्त्रणमा लिएको छ।