काठमाडौंको न्यूनतम तापक्रम सोमबार स्थिर छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।
आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो।
आइतबार दिनभर बदली हुँदा काठमाडौंमा अरू दिनको तुलनामा चिसो महशुस भएको थियो।
आज भने काठमाडौंको आकाश खुलेर घाम लाग्ने मौसमविद गोविन्द झाले जानकारी दिए।
'दिउँसो केहीबेर बदली हुने त्यसपछि खुलेर घाम लाग्ने सम्भावना छ,' मौसमविद् झाले भने।
आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
एक सातमा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रम?
गत सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि मंगलबार ७, बुधबार ६.३, बिहीबार ४.५, शुक्रबार ४.६ र शनिबार ५.७ र आइतबार ५ डिग्री सेल्सियस मापन भएको थियो।