काठमाडौंको आकाश डम्म बादलले ढाकेको छ। पानी पर्लापर्लाजस्तो भए पनि छिट्टयाइहालेको छैन।
मंसिर सुरू भएदेखि नै काठमाडौंको पर्यावरण खुल्न सकेको छैन। धुवाँ र धुलोले ढाकेको वायुमण्डल मुसुक्क हाँसोस् पो कसरी!
तर आइतबार ठीक विपरीत छ, काठमाडौंको सेरोफेरो।
बिहानैदेखि आकाश बादलले उघारो नभए पनि काठमाडौंको पर्यावरण लोभलाग्दो छ। तुवालो हटेको छ। थुम्काथुम्की चढेर हेर्दा छ्याङ्ग उघ्रिएसरह छ, काठमाडौं।
स्वयम्भूनाथबाट त काठमाडौंको सौन्दर्य अझ खुलेको छ।
काठमाडौं मात्र नभई उपत्यकाकै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको परिचायक स्वयम्भू बौद्धमार्गीहरूको आस्थाको केन्द्रमात्रै होइन, यहाँ सबै धर्मावलम्बीको उत्तिकै घुइँचो लाग्छ।
अझ काठमाडौं घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटकहरूको स्वयम्भू नघुमी घुमफिर तथा देशाटन पूर्ण हुँदैन।
धुम्मिएको पुसको छेको पारेर हामीले स्वयम्भूमाथिको आकाशबाट काठमाडौंको सौन्दर्य कैद गरेका छौं।
तस्बिरहरूः