नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसियशनको कोशी प्रदेश समिति गठन भएको छ।
शनिबार विराटनगरमा सम्पन्न प्रथम भेलाले राजाराम यादवको अध्यक्षतामा एशोसियशनको कोशी प्रदेश समिति गठन गरिएको छ।
उपाध्यक्षमा हर्क जंग लिम्बू, सचिव प्रकाश बस्नेत, सह-सचिव पदमराज तामाङ, कोषाध्यक्षमा जगतबहादुर बस्नेत चयन भएका छन् भने सदस्यमा चन्द्रेश्वर साह, रामपुकार साह, गोविन्द साह, जितेन्द्र यादव, शिवनन्दन मेहता तथा मनिषा साह चयन भएको एशोसियशनका कोशी प्रदेश संयोजक सन्दीप कृष्ण श्रेष्ठले जानकारी दिए।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनको केन्द्रीय अध्यक्ष माइकल देवकोटा र महासचिव दिलीप कुमार गाहाले स्वागत गरे। उनीहरूले संगठनको स्थापना, हालसम्म गरीएको गतिविधि तथा संगठनको महत्वको बारेमा जानकारी दिए।
भेलापछि विराटनगर महानगरपालिका-१६ रानी स्थित मुसहर वस्तीमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको संयोजक श्रेष्ठले जानकारी दिए।