मकवानपुरमा दुइटा गाडी ठोक्किएर भएको दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा परी घाइते भएकी चितवन राप्ति नगरपालिका-२ गड्यौलीकी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको हो।
कारमा सवार रहेकी उनी घाइते भएपछि उपचारका लागि नँया मेडिकल कलेज भरतपुर लगिएकोमा साँझ पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको डिएसपी अर्यालले बताए।
शनिबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा वीरगन्जबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो गाडी र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको थियो।
कारमा चालकसहित ४ जना र स्कारपियो गाडीमा १० जना सवार थिए।
कारमा सवार कारमा सवार गड्यौलीका ५५ वर्षीय ओम कुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठको उपचार भइरहेको छ।
त्यस्तै स्कारपिओमा सवार पर्साको वीरगन्ज महानगरपालिका-२ छपकैयाकी २६ वर्षीय पुजादेवी शाह उनकी छोरी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशा कुमारी शाह, १५ वर्षीय ओम संकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षीया आरति कुमारी साह घाइते भएका छन्।
त्यस्तै चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा छन्। उनीहरूको उपचार भइरहेको डिएसपी अर्यालले जानकारी दिए।
स्कारपियो गाडीको चालक रौतहट घर बीरगज बस्ने अन्दाजी २० वर्षका किशन जैसवाल फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।