मकवानपुरमा दुइटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
शनिबार दिउँसो १ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ डिपार्टस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्डमा वीरगन्जबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो गाडी र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
त्यसैगरी कारमा सवार थप तीन जना र स्कारपियो गाडीमा सवार १० जना घाइते भएको डिएसपी अर्यालले जानकारी दिए।
कारमा सवार कारमा सवार जिल्ला चितवन राप्ति न.पा.२ गड्यौली बस्ने ५५ वर्षीय ओम कुमार श्रेष्ठ, ५० वर्षीया सुनिता श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ घाइते भएका छन्।
त्यस्तै स्कारपिओमा सवार पर्साको वीरगन्ज महानगरपालिका-२ छपकैयाकी २६ वर्षीय पुजादेवी शाह उनकी छोरी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशा कुमारी शाह, १५ वर्षीय ओम संकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षीया आरति कुमारी साह घाइते भएका छन्।
त्यस्तै चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा छन्।
स्कारपियो गाडीको चालक को हो भन्ने खुलिसकेको छैन। घाइतेहरूलाई उपचारका लागि चितवन पठाइएको डिएसपी अर्यालले बताए।