काठमाडौंमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ।
शनिबार बिहान सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती मनाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए।
माल्यार्पणसहित नेपाली सेनाको टोलीले पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गरेका थिए।
हरेक वर्ष पुस २७ गते काठमाडौंमा भव्यताका साथ पृथ्वी जयन्ती मनाइन्छ।
तस्बिरहरूः