काठमाडौंमा एस्काभेटरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो नागार्जुन नगरपालिका-६ ह्वाइट गुम्बा नजिकै एस्काभेटरको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.२ क ६०८८ नम्बरको एस्काभेटरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसाको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लगिएको थियो। त्यहीँ बालिकाको मृत्यु भएको हो।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।