मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आपराधिक लाभ र संगठित अपराध कसुरमा ३ लाख धरौटी माग गरेको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंसँग तीन लाख धरौटी माग गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
त्यस्तै हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी माग भएको उनले बताए। प्रसाईंले धरौटी बुझाए पनि फुयालले भने नबुझाएको स्रेस्तेदार शर्माले बताए।
प्रसाईं, फुयाल र रामचन्द्र मैनालीविरूद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।
मैनाली फरार छन्। उनीहरूले संगठित रूपमा गभर्नर महाप्रसाद अधिकारी र व्यवसायीहरूलाई धम्क्याएको आरोप थियो। प्रसाईंले नै फुयाललाई भारतमा धम्क्याउनका लागि परिचालन गरेको आरोप लागेको थियो।