सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीसँग ८८ लाख धरौटी माग गरेको हो।
उनीसहित रवि लामिछानेलाई पनि धरौटी माग गरेको हो। लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। अन्यलाई पनि अदालतले धरौटीमा छाडेको हो।
रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरेको हो।
उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियो। सहकारी ठगीमा छविलाल जोशीविरूद्ध ५ करोड २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको थियो।
सम्पत्ति शुद्धीकरणमै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको भन्दै सोही बराबरको रकम मागदाबी गरेको थियो।