सहकारी सञ्चालकलगायत विभिन्न कसुरमा पक्राउ परेका र अदालतमा मुद्दा दायर भएका व्यक्तिहरूको गाडी सिंहदरबारमा धुलाम्ये भएर कबाड बन्ने क्रममा छन्।
सिंहदरबारस्थित कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको प्राङ्गणमा करोडौं मूल्य पर्ने दर्जनौं गाडीहरू धुलाले ढाकेका मात्रै छैनन्, ती कामै नलाग्ने भएर थोत्रिँदैछन्।
विभागको परिसर गाडीले ढाकेकाले त्यस्ता सवारीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जग्गासमेत ओगटेका छन्।
शिव शिखर सहकारीका तत्कालिन अध्यक्ष केदारनाथ शर्माले प्रयोग गरेको २ करोड मूल्य बराबरको टोयटा फर्चुनर गाडी विभागको गेटैमा देख्न सकिन्छ।
बचतकर्ताको रकम दुरुपयोग गरी खरिद गरेको यो गाडी महिनौंदेखि यहाँ अलपत्र छ। अहिले उनी जेलमा छन्। बचतकर्ताहरू सडकमा छन्।
यो गाडी सिआइबीले नियन्त्रणमा लिएर विभागलाई जिम्मा लगाएको हो।
यस्ता गाडीहरू अदालतको आदेशपश्चात् मात्रै लिलामी प्रक्रियामा जान्छन्। अदालतको आदेश पर्खंदापर्खंदै यी गाडीहरू थोत्रा भइसकेका छन्। कतिपय त कबाडीमा पनि बिक्दैनन्।
‘अदालतको आदेश आउन समय लाग्ने भएकाले गाडीहरू थोत्रिँदै जाने र यसको मूल्यांकन पनि बर्सेनि घट्दै जान्छ,’ विभागका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए।
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ तामाङको दुईवटा गाडी पनि विभागमै छ। उनले प्रयोग गरेको गाडी बा ९ च २८१७ नम्बरको टोयटा गाडी र बा ११ च ४२९६ नम्बरको हुन्डाई टक्सन गाडी पनि थोत्रिइसकेका छन्।
यी दुवै गाडीको लिलामको निम्ति विभाग अदालतको आदेशको पर्खाइमा रहेको प्रवक्ता शाहीले सेतोपाटीलाई बताए।
यस्तै लागुऔषध ओसारपोसारमा प्रयोग भएको भारतीय गाडीहरू पनि विभागमा छन्। ३० वटा मोटरसाइकल पनि विभागमा बेवारिसे अवस्थामा छरपस्ट छन्।
विभागले अहिलेसम्म ५ वटा गाडी लिलाम गरेको छ। केही लिलामीको प्रक्रियामा छन्। धेरै गाडीको हकमा अदालतको आदेश कुरिरहेको उनले बताए।
अदालतको आदेशपश्चात विभागका महानिर्देशकको अध्यक्षतामा रहेको समितीले न्यूनतम मूल्य निर्धारण गरेर लिलाम प्रक्रियामा लाने गरिएको प्रवक्ता शाहीले बताए।
तस्बिरहरूः
-1736397838.jpg)
-1736397839.jpg)
-1736397843.jpg)
-1736397843.jpg)
-1736397843.jpg)
-1736397842.jpg)
-1736397842.jpg)
-1736397842.jpg)
-1736397841.jpg)
-1736397841.jpg)
-1736397841.jpg)
-1736397841.jpg)
-1736397840.jpg)
-1736397840.jpg)
-1736397840.jpg)
-1736397839.jpg)
-1736397839.jpg)
-1736397839.jpg)
-1736397838.jpg)