लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी २५ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २५ वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विजयनगर गाउँपालिका-१ बस्ने ५१ वर्षीय कृष्णबहादुर चौधरी छन्। उनीविरूद्ध २०५६ चैत २८ गते जिल्ला अदालत कपिलवस्तुले ब्राउन सुगर सम्बन्धी मुद्दामा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
उनलाई प्रहरीले पक्राउ गरी कारागार कार्यालय कपिलवस्तुमा चलान गरेको छ।