विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ। उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ। विशेषगरी काठमाडौं टोखा, ललितपुरको पाटन लगायत क्षेत्रमा चाकु बनाइने नामले पनि प्रसिद्ध छ।
काठमाडौंमा चाकुको माग यस वर्ष दोब्बरले वृद्धि भएको उत्पादकहरूले बताएका छन्।
चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु ३ सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ।
माघे संक्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्।
परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइराखेको छ।
पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ।
तस्बिरहरू: