नेपाली सेनाले गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा सुरू गरेको छ।
आइतबार नेपाली सेनाले गोरखा दरबारबाट यो यात्रा सुरू गरेको हो। पदयात्रामा २४ जना सहभागी छन्।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले वर्षेनी यो पदयात्रा गर्दै आएको छ।
नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्म पदयात्रा हुनेछ।
पदयात्रीहरूलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरलगायतले बिदाइ गरेका थिए।
तस्बिरहरू:
सबै तस्बिर: नेपाली सेना