युट्युबर मनोज मानव (मनोजकुमार महतो) अभद्र व्यवहार कसुरमा पक्राउ परेका छन्।
प्रहरीले पुस १९ गते उनलाई काठमाडौंबाट अभद्र व्यवहार कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार मानवमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति लिइएको छ।
उनी यसअघि पनि पटकपटक पक्राउ परेका थिए। यसअघि विद्युतीय कारोबार ऐन कसुरमा पक्राउ परी छुटेका थिए।