काठमाडौंको आकाश बादलले ढाकिएको छ।
आइतबार बिहानैदेखि बादलले ढाकिएको काठमाडौंका आकाश मध्याह्नसम्म खुलेको छैन।
मौसमविद रोजन लामिछानेका अनुसार आइतबार दिनभरि नै काठमाडौंमा मौसम बदलीकै अवस्था रहने जानकारी दिए।
'बादलको जम्मा भएको छ। घाम राम्ररी लाग्न सकेको छैन। हावा पनि नचलेकाका कारण दिनभरि काठमाडौंको मौसम यस्तै रहन सक्छ,' उनले भने।
बादललले ढाकिँदा काठमाडौंको भिजिबिलिटी घटेको छ। सँगै अधिकतम तापक्रम पनि घट्न सक्ने मौसमविद् लामिछाने बताउँछन्।
काठमाडौंमा मध्याह्नको तापक्रम १५ डिग्री सेल्सियस मापन भएको छ।
भोलि पनि मौसम पूर्ण रूपमा सुधार नहुने लामिछाने बताउँछन्।
भिजिबिलिटी आजकै जस्तो कमजोर नभएपनि बदलीको अवस्था भने रहिरहन सक्छ,' उनले भने।
सोमबार रातिदेखि पानी पार्ने प्रणाली भित्रने पूर्वानुमान छ। यसले काठमाडौंमा पनि छिटपुट वर्षा गराउन सक्ने लामिछानेले बताए।
तस्बिरहरूः