सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा एक साता यता बाक्लो हुस्सुले जनजीवन प्रभावित भएको छ।
बिहानदेखि साँझसम्म घाम नलाग्दा चिसो झन् बढेपछि दैनिक मजदूरी गर्नेहरू, विद्यार्थी र बृद्धवृद्धाहरू यसबाट बढी प्रभावित भएका छन्।
बाक्लो हुस्सुका कारण कामकाजमा समस्या पार्नुका साथै स्वास्थ्यमा पनि असर गरिरहेको हुँदा सावधानी अपनाउन सम्वन्धीत निकायहरुले आग्रह गरेका छन्।
बाक्लो हुस्सुले यातायात, कृषिका साथै व्यवसाय क्षेत्रमा पनि नकारात्मक प्रभाव परेको छ। किसानहरूले चिसोले बालीमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् भने सवारीसाधन चलाउन मुस्किल भएपछि यात्रुहरूलाई गन्तव्यमा पुग्न समेत कठीनाइ छ।
शीतलहर र चिसोको प्रभावलाई कम गर्न स्थानीय प्रशासन र संघसंस्थाहरूको सक्रियता बढाइरहेको बताएका छन्।