बिहीबार काठमाडौंको न्यूनतम तापक्रम स्थिर छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको थियो।
एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन।
बुधबार ५.७, मंगलबार ५.४ डिग्री सेल्सियस सोमबार ५ डिग्री सेल्सियस, आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस मापन भएको थियो। गत शनिबार पश्चिम न्यूनचापीय प्रणालीका कारण देशभरि मौसम बदली हुँदा अधिकतम तापक्रम घट्दा त्यसदिन चिसो महशुस भएको थियो।
त्यसबाहेक अधिकतम तापक्रम १७ देखि २० डिग्री सेल्सियसकाबीच रहेको छ।
आज पनि काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।