काठमाडौंको भृकुटीमण्डपमा किताब प्रदर्शनी भएको छ।
प्रर्दशनीमा स्वदेश तथा विदेशी प्रकाशबीच कपिराइट टेबल म्याचिङ हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले जानकारी दिए। यस्तो कपिराइट टेबल म्याचिङ नेपालमा पहिलो पटक अभ्यास गरिएको उनले बताए।
प्रकाशक र लेखकहरूबीच छलफल चलिरहेको र निचोड आएपछि जानकारी दिइने उनको भनाइ छ।
किताब प्रर्दशनीमा १३ देशका प्रकाशक, लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामाग्री उत्पादक सहभागी छन्।
प्रदर्शनीमा स्वदेशी र विदेशी व्यवसायीका १५० स्टल छन्।
पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि प्रदर्शनी गरिएको हो।
प्रर्दशनीमा चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलका, क्यानडा र बंगलादेशलगायत देशका प्रकाशक र लेखक सहभागी छन्।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भएको प्रदर्शनी पुस २१ गतेसम्म चल्नेछ।
प्रर्दशनीमा देशभरबाट किताबसँग जोडिएका २ हजारभन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुना आएका छन्।
तस्बिरहरूः