आजदेखि अंग्रेजी नयाँ सन् २०२५ सुरू भएको छ, २०२४ अरू वर्षहरूझैं सामान्य बितेको वर्ष पक्कै हैन, सामाजिक, राजनीतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ।
यो वर्ष देशले ठूला घटनाहरूको सामना गर्नुपर्यो। बाढी पहिरोले धेरै स्थानहरू तहसनहस बनिदियो, काठमाडौं उपत्यका साथै देशभरि नै ठूलो जनधनको क्षति भयो।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो भने अहिले सम्म बस भेटिएको छैन भने साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयर विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो।
साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो।
यसवर्ष देशलाई विश्वसामु चिनाउन धेरै कुराहरू भए। पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धन बनेकी छन् र कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औं पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८ हजार मिटर माथिका १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए।
कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले बिना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए। उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिना अक्सिजन आरोहण गरिसकेका थिए। शिशापाङ्मा १४ औं हिमाल हो। पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्। मंसिर १५ गते नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिगको आयोजना गरियो जुन खेल अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा भयो।
यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरूङ ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो।
जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो।कात्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परे भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि प्रहरीले पक्राउ गर्यो।
समुद्री सतहभन्दा ३ हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो। हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्र समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा छ।
मंसिर २१ गते भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले नेपाल भ्रमण गरे। वैशाख २३ गते जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण गरिन्। वैशाख ११ गते कतारका अमिर(राजा) तमिम विन हमाद अल थानीले नेपालको २ दिने औपचारिक भ्रमण गरे।
नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी