मंगलबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम केही बढेको छ।
बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए।
मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसअघि सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
मौसमविद् काठमाडौंमा आज मौसम सफा रहने पूर्वानुमान छ।