राष्ट्रिय किताबखाना, छाउनीमार्ग तहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनलाई आइतबार तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनका अनुसार प्रसाईंले पेन्सनपट्टा बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको भन्ने सूचनापछि अख्तियारको टोली खटिएको थियो।
उक्त टोलीले प्रसाईंलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरेको हो।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।