बझाङमा ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ।
थलारा गाउँपालकिा-९ आमजगरस्थित भुवा टोली ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको ढुंगाले लागेर मृत्यु भएको हो।
शनिबार दिउँसो मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको बेलामा माथिबाट ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीले जानकारी दिए।
वर्षाका कारण कच्ची सडकको माथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ।
जोशी मालुमेलाबाट दिउँसो आफ्नो घर आमबगर जाँदै गरेकी थिइन्। घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिब ५/७ मिनेटको पैदल दुरीमा पर्छ।