काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आज बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो।
शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आइतबार बिहान काठमाडौंमा मौसम बदलीको अवस्था छ।
बादल र कुहिरोका कारण न्यूनतम तापक्रम तुलनात्मक रूपमा केही बढेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
आइतबार दिउँसो मौसम सुधार भएर घाम लाग्ने पूर्वानुमान छ।
शनिबार काठमाडौंमा दिनभर बदली हुँदा दिउँसोको समयमा अरू दिनभन्दा बढी चिसो महशुस भएको थियो।
आज दिउँसो घाम लाग्दा शनिबारको तुलनामा न्यानो महशुस हुने महाशाखाको पूर्वानुमान छ।