वरिष्ठ मुटु रोग विशेषज्ञ अनिल भट्टराई सहितको टोलीले पर्वतको दिमुवामा १२ सयभन्दा धेरैको मुटु परीक्षण गरेको छ।
पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ तिलहार दिमुवामा भएको दुई दिने निःशुल्क मुटु शिविरमा १२ सय ४५ जनाको मुटु परीक्षण गरिएको थियो।
निःशुल्क शिविरमा औषधि, इसिजी, इको, अल्ट्रासाउण्ड लगायतका सेवा उपलब्ध थिए। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, नेपाल कार्डियो, सेभ द हार्ट र मोदी गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई र सूर्य देवकोटासहित २५ जनाको विशेष टोली थियो।
स्वास्थ्य परीक्षण गरिएकामध्ये ६ जनाकाो मुटुको अपरेसन गर्नुपर्ने डा. भट्टराईले बताए।