काठमाडौंको बबरमहलको सडकका भित्तामा स्वेतभैरव, काष्ठमण्डप र मन्जुश्रीको चित्र कोरिएको छ।
काठमाडौं महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य अन्तर्गत काठमाडौंका भित्ताहरूमा कला संस्कृति र सम्पदाहरूको चित्र कोरिएको हो।
महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग ५० लाखमा सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाउन थालेको हो।
चित्र कोर्दा ठाउँ अनुसारका आकृतिलाई प्राथमिकता दिइने महानगरले बताएको छ।
सार्वजनिक भित्ताहरू रंगाउन ललित कला प्रज्ञा प्रतिष्ठान र महानगरबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो। महानगरले यसअघि सुन्धारास्थित धरहरा र नेपाल टेलिकमको भित्ताहरूमा चित्र कोरेको थियो।
तस्बिरहरू: