घुससहित पक्राउ परेका रोल्पाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो।
उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।