हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशको मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बिहानको समयमा तराई तथा उपत्यका एक दुई स्थानमा हुस्सु/कुहिरोको लागेको छ।
आगामी २४ घन्टामा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।