भक्तपुरको बालकोटस्थित एक घरमा डेरा गरी बस्ने हुलाकका कर्मचारीका बाबुछोरा मृत भेटिएका छन्।
जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य मृत फेला परेका हुन्। उनका कान्छा छोरा २२ वर्षीय प्रवीन आचार्य पनि मृत भेटिएका छन्। उनीहरू डेराभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ।
हुलाकका निमित्त प्रमुख कुलप्रसाद केही दिनअघि मात्रै भक्तपुरस्थित डेरामा आएका थिए। उनका दुई छोरा साढे तीन तले घरको भुइँ तलामा डेरा गरी बस्थे। उनीहरूले दुइटा कोठा भाडामा लिएका थिए। भुइँ तलामै डेरा गरी अरू पनि बस्दै आएका थिए।
गत शनिबार साँझ बुवा र छोराहरू खाना खाएर सुतेकोसम्म उनीहरूले देखेका थिए। आइतबार बिहान दुवै कोठामा बाहिरबाट ताला लगाइएको थियो।
सोमबार बिहानसम्म पनि ती कोठामा लागेका ताला खुलेको थिएन। त्यसपछि उनीहरूले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरी पुगेर हेर्दा हुलाकका निमित्त प्रमुख र उनका कान्छा छोरा मृत अवस्थामा भेटिएका हुन्। उनीहरू दुवैको हत्या भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
उनीहरू खोटाङको रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का हुन् भने सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका थिए। हुलाकका निमित्त प्रमुख कुलप्रसादकी श्रीमती भने खोटाङस्थित घरमै छिन्।
उनकाअनुसार जेठो छोरा भने डेरामा भेटिएनन्। उनको खोजी भइरहेको छ।
साथै घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिसकेको उनले बताए। शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
तस्बिरहरू:

-1734942624.jpeg)
-1734942624.jpeg)
-1734942624.jpeg)
-1734942624.jpeg)
-1734942567.jpeg)
-1734942567.jpeg)
-1734942565.jpeg)
-1734942566.jpeg)
-1734942565.jpeg)
-1734942565.jpeg)
-1734942566.jpeg)
-1734942566.jpeg)
-1734942565.jpeg)
-1734942563.jpeg)
-1734942564.jpeg)
-1734942564.jpeg)
-1734942564.jpeg)
-1734942562.jpeg)
-1734942563.jpeg)
-1734942563.jpeg)
-1734942562.jpeg)
-1734942562.jpeg)
-1734942562.jpeg)