दाङको तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षीय दिलप्रसाद खत्रीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराति १० बजे मृत्यु भएको हो।
सोमबार दिउँसो ३:५० बजेतिर तुलसीपुर– सितलपुर सडक खण्ड अन्तर्गत तुलसीपुरबाट जसपुर जादैं गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दिलप्रसाद उक्त मोटरसाइकलको पछाडि सवार थिए। दुर्घटनामा उनीसहित मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ३१ वर्षीय पंकज खत्री गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
तुलसीपुरमा उपचार संभव नभएपछि थप उपचारका लागि साढे ६ बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो।
उपचारकै क्रममा दिलप्रसादको मृत्यु भएको हो। चालक पंकजको पनि अवस्था गम्भीर रहेको उपचार जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।