आइतबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ।
बिहान ५:४५ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले जानकारी दिए।
आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि शनिबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो।
आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। एक सातादेखि काठमाडौंको अधिकतम तापक्रम सोही हाराहारीमा छ।
सोमबार साँझदेखि पश्चिम नेपालमा वर्षाको सम्भावना रहेकाले भोलिदेखि काठमाडौंको अधिकतम तापक्रम केही घट्न सक्ने मौसमविद प्रधानांगले जानकारी दिए।
न्यूनतम तापक्रम भने बढ्ने सम्भावना रहेको छ।
'बादलले आकाश ढाक्दा न्यूनतम तापक्रम नघट्ने बरू केही बढ्न सक्ने हुन्छ,' प्रधानांगले भने।
अधिकतम तापक्रम घट्दा चिसो केही बढ्न सक्ने उनले बताए।