विश्व ध्यान दिवस शनिबार बिहान विभिन्न कार्यक्रम गरी मनाइएको छ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो।
शनिबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाल सरकारको आयोजनामा विश्व ध्यान दिवस मनाइएको छ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू सहभागी थिए। उनीहरूले त्यहाँ उपस्थित सयौं मानिसहरूसँगै ध्यान गरेका थिए।
तस्बिरहरूः