धनुषामा पहिचान नखुलेको एक युवकको शव फेला परेको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका- २ पुरन्दाहास्थित परशुराम तलाउ नजिक रहेको पुलमुनि बोरामा बाँधेर फालेको अवस्थामा उक्त शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले शव देखेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए।
‘२५-३० वर्षका युवकको शव भेटिएको छ। गर्धन रेटेर हत्या गरेको देखिन्छ। उनको हत्या करिब ४ दिनअघि नै भएको अनुमान छ,’ डिएसपी सिंहले भने।
उनका अनुसार जुटको बोरामा भेटिएको उक्त शव सड्न थालेको छ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको प्रहरील बताएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।