काठमाडौंको न्यूनतम तापक्रम बिहीबार केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंमा ४.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको थियो। आज घटेर ४.८ पुगेको हो।
देशका अन्य भूभागको न्यूनतम तापक्रम भने महाशाखाले दैनिक बिहान ८:४५ बजे सार्वजनिक गर्छ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो। आइतबारयता भने न्यूनतम तापक्रम ४ देखि ५ डिग्री सेल्सियसबीच छ।
मौसमविदहरूले केही दिन तापक्रम ह्वात्तै घट्ने अवथा ह्वात्तै बढ्ने नहुने बताएका छन्। उनीहरूका अनुसार मौसम यही यही सेरोफेरोमा रहनेछ।
बिहानको न्यूनतम तापक्रम घट्ने र बढ्ने रातिको आकाशमा निर्भर रहन्छ। आकाशमा बादल जम्मा हुँदा र हावा कम चल्दा न्यूनतम तापक्रम अघिल्लो दिनको भन्दा केही बढ्न सक्छ।
सिरेठो चलेको र रातमा बढी हावा चलेको छ भने बिहान बढी चिसो हुन सक्छ। आकाश सफा छ भने पनि तापक्रम घट्न सक्छ।
त्यस्तो भएको छैन भने न्यूनतम तापक्रम स्थिर तथा सामान्य हेरफेर हुने मौसमविदहरूको भनाइ छ।
काठमाडौंको अधिकतम तापक्रम बिहीबार पनि १८ देखि २० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ।
बिहीबार देशभरिको मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।