नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले लोकसेवा र शिक्षक सेवा आयोगका अनलाइन कक्षाहरू निशुल्क सञ्चालन गर्ने भएको छ।
सोमबार बसेको काठमाडौं जिल्ला कमिटीको बैठकले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागेको केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले जानकारी दिए।
सहभागीताका लागि आवेदन पेस गर्न पनि अनेरास्ववियुले सूचना जारी गरेको छ।
पुस १५ गतेभित्र फारम भरी आवेदन पेश गर्न भनिएको छ।
आवश्यक स्रोत खोजी तथा व्यवस्थापन आफूले जिम्मा लिने इन्चार्ज तिमिल्सिनाले बताए।
विकट ठाउँका, फरक क्षमता भएका, आर्थिक अभावमा रहेका, पेसा व्यवसायले अध्ययनमा समय दिन नभ्याएका युवाहरूका लागि अवसर हुने उनले बताए।