ललितपुरको सानेपा-टेकु जोड्ने पुलमुनि हरेक महिना पानी जमिरहने समस्या छ।
चाहे बर्खाको समय होस् या हिउँदको, यो क्षेत्रमा सधैंजसो पानी जम्ने गरेको छ। हाल पनि उक्त स्थानमा पानी जमेको अवस्था छ।
आइतबार साँझ सोही स्थानमा कलेजको बस फसेको छ। बसमा रहेका विद्यार्थी र चालकलाई सकुशल बाहिर निकालिएको छ।
यो स्थानमा पानी जम्ने समस्या हरेक वर्ष देखिने गरेको छ। त्यहाँ पुलमुनि धेरै सवारीसाधन फस्ने गरेका घटनाहरू पटक-पटक दोहोरिइरहेका छन्। यो क्षेत्र ललितपुर महानगरपालिकाको अन्तर्गत पर्दछ। तर, महानगरपालिकाले अहिलेसम्म यस समस्याको समाधानका लागि कुनै प्रभावकारी कदम उठाएको पाइएको छैन।
स्थानीय बासिन्दाहरूले यस विषयमा महानगरको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी