काठमाडौंमा आगलागीबाट घाइते भएकी एक जना महिलाको मृत्यु भएको छ।
शनिबार कागेश्वरी मनोहरा नगरपालिका-८ किरातचोक नजिक बागमती खोला किनारमा आगलागीबाट घाइते भएकी एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक चितवन रत्ननगर नगरपालिका-१२ घर भई काठमाडौंको बौद्धस्थित नारायणटारमा डेरा गरी बस्ने ३८ वर्षीया कमला आचार्य हुन्। उनी शनिबार मध्यान्ह बा ३५ प ५८१८ नम्बरको स्कुटर चढेर त्यहाँ पुगेकी थिइन्।
उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगााएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।